शुक्रबार, बैशाख २१, २०८१

पाल्पाको केवरेडाँडामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको सख्या ५ पुग्यो , थप ४ को अवस्था गम्भीर

 काठमाडौं जेठ २२,
रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँचीतर्फ गइरहेको लु १ च ९०२४ नम्बरको जीप पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवतीस्थित केवरेडाँडामा आइतवार भएको बोलेरो जीप दुर्घटनामा मृत्यु हुनेको सख्या ५ पुगेको छ।

जीप दुर्घटनाको क्रममा तीन जनाको घटनास्थलमा र दुई जनाको उपचारको क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएका १२ जना मध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाएको छ।

साथै गम्भीर घाइते चार जनाको उपचार भैरहवा मेडिकल कलेजमा र समान्य घाइतृहरुको लुम्विनी प्रादेशिक अस्पताल बुटवल र बुटवलस्थित चौराहा अस्पतालमा उपचार भइरहेको जिप्रका पाल्पाले जनाएको छ ।