शनिबार, बैशाख ८, २०८१

आज विश्व वातावरण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम सहित मनाइदैं

काठमाडौं जेठ २२,
संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्‌वानमा सन १९७३ देखि प्रत्येक वर्षका् जुन ५ तारिखमा मनाइने गरिएको विश्व वातावरण दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइदैछ ।  ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने राष्ट्रिय नाराका साथ नेपालमा विश्व वातावरण दिवस मनाइँदै   छ ।

दिवसको अवसरमा वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले वातावरण संरक्षण र प्रवर्द्धन सम्बन्धी विविध कार्यक्रम गर्दै आ–आफ्नो स्थानबाट यस दिवस भव्य र सभ्यरूपमा मनाउनका लागि सबै स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार एवं सरकारी तथा गैरसरकारी निकाय, सम्बन्धित सरोकारवाला र आमसर्वसाधारणमा अनुरोध गरेको छ।