सोमवार, बैशाख १७, २०८१

सांसदहरु वडा अध्यक्षको लेबलमा पुगेको महानगरका प्रमुख बालेन्द्रको टिप्पणी

 काठमाडौं जेठ १६,
काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहले संघीय सरकारका सदस्य स्थानीय सरकार वडा अध्यक्षको लेवलमा आएको टिप्पणी गरेका छन्।

संघीय संसदमा सोमवार प्रस्तुत भएको आर्थिक वर्ष २०८०/८१ को बजेटबाट मार्फत सरकारले सांसद विकास कोष व्यूँताउँदै प्रत्यक्ष निर्वाचित सांसदहरुमार्फत् हरेक निर्वाचन क्षेत्रमा ५ करोड खर्च गर्न पाउने व्यवस्था गरेसंगै  महानगर प्रमुख साहले आफ्नो सामाजीक सञ्जाल मार्फत यस्तो टिप्पणी गरेको हो ।

महानगर प्रमुख साहले सामाजीक सञ्जालमा सरकाले संघीय संसद अन्र्तगत  १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित सांसदहरुमार्फत् हरेक निर्वाचन क्षेत्रमा ५ करोड खर्च गर्न पाउने व्यवस्था कार्यान्वयनका लागि ८ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेसंगै साहले सामाजिक सञ्जालमा ‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनुभयो । वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ ? माननीय ज्युहरु भन्दै टिप्पणी गरेको हो ।