सोमवार, बैशाख १७, २०८१

सरकारले चौधरीलाई आममाफी दिएर सर्वोच्चको अवमुल्यन गर्‍यो: महामन्त्री थापा

काठमाडौं जेठ १६,

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रहितविपरीत गरिने निर्णयले भविष्यमा आफैंलाई पछुतो हुने बताउनुभएकोछ । ललितपुरमा सोमबार आयोजित कार्यकर्ता भेलालाइ सम्बोधन गर्दै रेशम चौधरीबारे अदालतको पूर्ण पाठ नआइसकेको अवस्थामा गणतन्त्र दिवसको अवसरमा भन्दै सरकारले चौधरीलाई आममाफी दिएर सर्वोच्च अदालतबाट जारी आदेशको अवमुल्यन गरेको समेत बताउनुभयो ।

 सम्बोधनको क्रममा महामन्त्री थापाले सरकार चलाउन गाह्रो भयो भन्दैमा कानुन कसैले पनि मिच्न नहुने जिकिर सहित राजाको शासनमा जस्तो हुकुम फर्मान जारी गर्दै कानुनी शासनको अवमुल्यन गर्ने परिपाटीलाइ किमार्थ स्वीकार्न नसकिने बताउनुभयो ।

साथै उहाँले चौधरीको रिहालाइ सरकारले निर्णय गर्‍यो, राष्ट्रपतिले सजाय मिनाहा गरिदिनुभयो भन्ने हिसाबले मात्रै लिन नहुनेमा जोड दिदै सरकारले
बलमिच्याइँ गर्ने हो भने विधिको शासनको वकालतको काम आफैमा निरर्थक हुने बताउनुभयो ।