आइतवार, बैशाख १६, २०८१

नेपाल प्रहरीका वरिष्‍ठ नायव निरीक्षक नेपालीले गरे सगरमाथाको सफल आरोहण

काठमाडौं जेठ ३
नेपाल प्रहरीका प्रहरी वरिष्‍ठ नायव निरीक्षक पुरूषोत्तम नेपालीले विश्‍वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका छन्।

अन्तर्राष्ट्रिये इन्टरपोलको शताब्दी वर्ष भव्यताका साथ मनाउने क्रममा नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै जेठ २ गते मंगलबार बिहान १०: १५ बजे विश्‍वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण सहित सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा सहित नेपाल प्रहरी तथा इन्टरपोलको झण्डा फहराउन सफल भएको हो ।

प्रहरी वरिष्ठ नायव निरीक्षक नेपाली सहितको आरोहण दल २०८० वैशाख २ गते काठमाडौंबाट प्रस्थान गरेको थियो । यसअघि नेपाल प्रहरीकोतर्फबाट पहिलो पटक विसं २०३१ सालमा ६९२० मिटर उचाईको टुकुचे हिमाल ,२०३३ असोज १६ गते नेपाल प्रहरी कर्मचारीको २७ सदस्यीय टोली र २०४१ भदौ २६ गते नेपाल प्रहरी महिला दलको ३१ सदस्यीय टोलीले ६११९ मिटर उचाईको लोबुचे हिमाल सफलातापूर्वक आरोहण गरेका थिए ।

यस आरोहणले इन्टरपोलको शताब्दी वर्ष भव्यतापूर्वक मनाईएको सन्देश विश्वसामु प्रवाह हुनुका साथै नेपाल लगायत इन्टरपोलका सदस्य राष्ट्रहरुको अपराधिक कृयाकलापहरु विरुद्ध ऐक्यवद्धता रहेको र नेपाल प्रहरीको यस सफल आरोहणले विश्वभरका पर्वतारोही पर्यटकहरुमा थप सुरक्षाको अनुभूति दिलाउनुका साथै नेपालको पर्यटन प्रवर्द्धन भई अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्‍वास लिइएको छ ।