शुक्रबार, चैत्र १६, २०८०

काभ्रेस्थलीबाट रत्नपार्क जाँदै गरेको यात्रुबाहक बस शेषमति खोलामा दुर्घटना

 काठमाडौं जेठ ३
काभ्रेस्थलीबाट रत्नपार्क जाँदै गरेको बा ३ ख ६३६७ नम्बरको यात्रुबाहक बस काठमाडौँको तारकेश्वर नगरपालिकास्थित शेषमति खोलामा खसेको छ ।

महानगरीय प्रहरी वृत्त बालाजुले मोटरसाइकलसँग ठोक्किएर बस खोलामा खसेको जनाउँदै दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाएको छ । गम्भीर घाइते हुने मोटरसाइकल चालक रहेको र बाँकी भाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यात्रुबाहक बस मोटरसाइकलसँग ठोक्किएसंगै अनियन्त्रित भई शेषमति पुलनजिकै खोलामा खसेको स्थानीकाय भनाइ रहेका छ ।