आइतवार, बैशाख २३, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणलाइ संलग्न जोकोहीलाई पनि कारबाही गर्न सरकार प्रतिबद्ध :  गृहमन्त्री श्रेष्ठ

प्रकरणमा संलग्न आरोपितलाई सम्पत्ति शुद्धीकरणमा समेत कारबाहीको सिफारिस गर्ने प्रहरीको तयारी

काठमाडौं जेठ ३
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुधबार मन्त्रालयमा नेकपा एकीकृत समाजवादी का नेता तथा कार्यकर्ताले नक्कली शरणार्थी प्रकरणको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाहीको माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले यस्तो प्रतिबद्धता व्यक्त गरेको हो ।  त्यस्तै उहाँले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई विदेश पठाउने र त्यसबाट पैसा संकलन गरी सम्पत्ति आर्जन गर्नेकुरा संगठित अपराध भएको र यो अपराधमा संलग्न जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याउने बताउनुभयो ।

साथै निर्दोष फस्नु नहुने र दोषी उम्किनु हुँदैन भन्नेमा सरकार सचेत रहेको जनाउ सहित प्रस्तुत प्रकरणमा कुनैपनि दबाबबाट सरकार प्रभावित हुँदैन, अनुसन्धानको प्रक्रियालाई तथ्य र प्रमाणको आधारमा निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

यसैवीच नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रक्राउ परेका परेकामध्ये पूर्वसांसद आङटावा शेर्पाबाहेक अन्यको बयान सकिएको छ । नक्कली शरणार्थी प्रकरणमा अहिलेसम्म १४ जना पक्राउ परेका छन । त्यस्तै पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक र थापाकै सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरज भने अझै फरार रहेका छन् ।

यसैवीच पक्राउ परेकाहरुलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति पाएको प्रहरीले बिहीबारसम्म शेर्पाको पनि बयान सकिए मुद्दाका लागि रायसहितको प्रतिवेदन शुक्रबारसम्म सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी गरेको बुझिएको छ ।

साथै शरणार्थी प्रकरणकोछानबिन गरिरहेको प्रहरीले पक्राउ परेकाहरुलाई थप कारवाही अन्र्तगत सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा समेत पनि सिफारिस गर्ने तयारी गरेको प्रहरी स्रोतले जनाएको छ।