सोमवार, बैशाख १७, २०८१

संघीय संसद्‌को संयुक्त बैठक कार्यसञ्चालन नियमावली संशोधन मस्यौदा समिति गठन

  काठमाडौं जेठ १,

 प्रतिनिधिसभाको आज बसेको बैठकले संघीय संसद्‌को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली संशोधन मस्यौदा समिति’ गठनको प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

सांसद देवेन्द्र पौडेलले पेस गरेको उक्त प्रस्तावको मस्यौदा समितिलाई कार्यसम्पादनका लागि सात दिनको समयसिमासंगै मस्यौदा तयार पार्न विज्ञहरुको समेत सुझाव लिन सक्ने कार्यादेश दिइएको छ ।

त्यस्तै १६ सदस्यीय समितिमा क्रम; अनीता देवी, जीवन परियार, ध्रुवबहादुर प्रधान, नागिना यादव, पूर्णबहादुर घर्ती, महेशकुमार बर्तौंला, मेटमणि चौधरी, रञ्जुकुमारी झा, रमेश लेखक, रामहरि खतिवडा, लीलानाथ श्रेष्ठ, विद्या भट्टराई, सरिता प्रसाईं, सुवासचन्द्र नेम्वाङ, सोविता गौतम र हितराज पाण्डे रहेका छन् ।

यसैवीच प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसदहरुले नक्कली भुटानी बनाउने प्रकरणमा सरकारको जवाफ माग समेत गर्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण समेत गरेका छन ।