सोमवार, बैशाख १७, २०८१

कूटनीतिक ब्रिफिङमा प्रम प्रचण्डले भने- विधिको शासन कायम गर्न सरकार प्रतिवद्ध

तस्बिर : प्रदीपराज वन्त

काठमाडौं जेठ १,
प्रधानमन्त्री प्रचण्डले मुलुकको पछिल्लो राजनीतिक विकासक्रम, देशको वर्तमान आर्थिक अवस्थासंगै आफ्नो सरकारका प्रथमिकताहरूका बारेमा विभिन्न देशका राजदूत एवं कूटनीतिक नियोगका प्रमुखहरुलाई बोलाएर कूटनीतिक ब्रिफिङ सहित सामुहिक छलफल गरेका छन् ।

सिंहदरबारमा आयोजित छलफल कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले लिखित मन्तव्यमार्फत् प्रधानमन्त्री दाहालले सुरुमा देशको समसामयिक राजनीतिक घटनाक्रमबारे राजदूतहरुलाई जानकारी गराउनु भएको हो।

त्यस्तै छलफलको क्रममा प्रम प्रचण्डले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति सहित सरकार अगाडी बढेको जनाउ संगै आफु नेतृत्वको सरकारका नीति र कार्यक्रमहरू देशमा सुशासन, विधिको शासन कायम गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।

साथै आगामी केहि समयभित्रैनै शान्ति प्रक्रियाको बाँकी कायमलाइ मुर्तता प्रदान गर्न सरकार लागि परेको बताउँदै मानवअधिकार उल्लंघनका घटनामा आम माफी नदिइने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

यस्तो छ प्रम प्रचण्डको कूटनीतिक ब्रिफिङको पूर्णपाठ :

 त्यस्तै नेपालको परराष्ट्र नीति पञ्चशील र विश्वशान्तिका पक्षमा रहेको बताउँदै प्रधानमन्त्री दाहालले दुवै छिमेकी, श्रम गन्तव्य मुलुक र विकास साझेदारहरुसँग सम्बन्ध राम्रो बनाउन सरकार प्रयासरत रहेको जानकारी दिदै राष्ट्र संघको बडापत्रप्रति सरकारको प्रतिबद्धता समेत जनाउनु भयो ।

 नेपाल अति कम विकसित राष्ट्रको सूचीबाट माथि उकास्न राजस्व संकलन र सार्वजनिक खर्चबीच देखिएको खाडललाइ सम्बोधन गर्नका लागि सरकारले खर्च घटाउने, मौद्रिक नीतिमा परिमार्जन गर्ने र उत्पादनको क्षेत्रमा पुनर्कर्जा एवं ऋणको पुनसंरचना गर्ने नीति लिएको जनाउ संगै आर्थिक विकासलाई उच्च प्राथमिकतामा राखेको र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने नीति लिएको बताउनुभयो ।