शुक्रबार, बैशाख २१, २०८१

आङतावा शेर्पाद्वारा प्रहरीमा आत्मसमर्पण, प्रतीक थापा अझै फरार 

काठमाडौं जेठ २,
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पूर्जी जारी भएका नेपाली कांग्रेसका पूर्वसभासद आङतावा शेर्पाले प्रहरीमा आत्मसमर्पण गरेका छन् ।

रामेछापबाट २०७० सालमा सभासद निर्वाचित भएका पूर्वसभासद शेर्पाले आज केन्द्रीय अनुसन्धान ब्यूरो [सीआइबी]मा पुगेर आत्मसमर्पण गरेको हो । उनले यसअघि शरणार्थी प्रकरणका एक नाइके सानु भण्डारीलाई हिरासतमै गएर भेटेका थिए । आइतबार पक्राउ पूर्जी जारी भएसंगै उनी सम्पर्कविहीन भएको बताइएको थियो ।

त्यस्तै यही प्रकरणमा पक्राउ पूर्जी जारी भएका पूर्वगृहमन्त्री रामवहादुर थापाका छोरा प्रतीक थापा र इन्द्रजित राईका छोरा  भने अझै फरार रहेका छन ।