सोमवार, बैशाख १७, २०८१

टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडौं जेठ १,
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीलाई आज म्याद थप गरी थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउँने भएको छ।

प्रस्तुत प्रकरणमा गत बैशाख २० गते पक्राउ पुर्जी जारी भएसंगै  फरार रहेको रायमाझी आइतबार राति बुढानीलकण्ठबाट पक्राउ परेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले रायमाझी सहिच १३ जनालाइ पक्राउ गरिसकेका छन । नेपाली काँग्रेसका नेता वालकृष्ण खाण् सहित १२ जनालाइ थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आइतवारमात्र म्याद थपकोअनुमति पाएको थियो ।

आज आइतवार पक्राउ परेका रायमाझी उपर आवश्यक अनुसन्धान अघि बढाउन अदालतमा उपस्थित गराउन लागेको हो ।