सोमवार, बैशाख १७, २०८१

संसद बैठक: प्रम प्रचण्डले ५ वर्षे हदम्याद सहितको भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयकको प्रस्ताव पेश गर्दै

काठमाडौं जेठ १,
संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको आज बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार निवारण [पहिलो संशोधन] विधेयक, २०७७ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने भएको छ ।

मौजुदा भ्रष्टाचार निवारणसम्बन्धी ऐनमा संशोधन गर्दै सरकारले भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्यादको व्यवस्था सहित दफावार छलफलका लागि संसदीय समितिमा पठाउन लागेको हो । भ्रष्टाचारको मुद्दा जहिलेसुकै चलाउन सकिने ऐनको दफा ४५ को प्रावधानलाई संशोधन गर्दै विधेयकमा ‘भ्रष्टाचारजन्य कसुरमा त्यस्तो कार्यभएको थाहा पाएको मितिले पाँच वर्षभित्र मुद्दा चलाउनुपर्नेछ भन्ने व्यवस्था कायम गर्ने सरकारको तयारी रहेको छ ।

यसवीचमा सरकारले संसदमा ल्याएको भ्रष्टाचार निवारणसम्बन्धी विधेयकले भ्रष्टाचारको मुद्दामा भ्रष्टाचार आरोपी विरुद्ध हदम्याद कायम गर्दै भ्रष्टाचारीलाई उन्मुक्ति दिने प्रयास गरिएको भन्दै नागरिकसमाजबाट यसको चर्को विरोध भइरहेको छ ।