सोमवार, बैशाख १७, २०८१

कांग्रेस पदाधिकारी बैठकले पक्राउ परेका केन्द्रीय सदस्य खाणको विषयमा नितिगत निर्णय गर्ने

काठमाडौं वैशाख २८,
आज नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दै छ । बैठक आज दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्नेछ ।

आजको बैठकमा मुलत नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाण पक्राउ परेपछि उनको विषमा के गर्ने भन्ने
विषयसंगै पार्टीले पछिल्लो राजनीतिक र समसामयिक विषयहरूमा छलफल हुने बताइएकोछ ।

यसअघि प्रस्तुत ठगी धन्दामा मुछिएसंगै नेकपा एमालेका पार्टी सचिव टोपबहादुर रायमाझीलाई पार्टीले बुधबार निलम्बन गसिक्दा पनि नेपाली काँग्रेसले भने केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पार्टीले कारबाही गर्ने–नगर्ने भन्ने विषयमा प्रहरी अनुसन्धानको परिणाम पर्खेर बसेका छन ।

काँग्रेसले अनुसन्धानका प्रारम्भिक परिणाम आएसंगै कारावही हुन्छ त्यअघि नेता खाण माथि लागेको आरोप मात्रै भएका कारण हतारमा निर्णय गर्नुको कुनै ओचित्य नहुँने काँग्रेस नेतृत्वको बुझाइ रहेको छ ।   यद्यपी आज बस्ने पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले यस विषयमा थप निर्णय लिनसक्ने अनुमान गरिएको छ ।

 नक्कली भुटानी शरणार्थी प्रकरणका सवालमा प्राप्त पछिल्लो जानकारी अनुसार नेता खाणको विषयमा प्रहरीले फेला पारेको एक अडियो वार्ता र पूर्वगृहसचिव टेकनारायण पाण्डेले खाण र केसीले रकम लिएको भन्ने बयान दिएपछि प्रहरीले लेनदेनका अन्य प्रमाण फेला पारेको जनाएको छ ।