शुक्रबार, बैशाख १४, २०८१

ज्यूँदो शहीद’ बनेपाका मुकेश कायस्थको निधन , प्रम प्रचण्ड द्वारा दुःख व्यक्त

काठमाडौं वैशाख २८,
जनआन्दोलन २०६/९०६३ मा घाइते ‘ज्यूँदो शहीद’ बनेपाका मुकेश कायस्थको निधन भएको छ । उहाँको उपचारको क्रममा बनेपास्थित शिर मेमो रियल अस्पतालमा बुधवार साँझ निधन भएको हो ।

जनआन्दोलनमा सहभागी हुने क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका बनेपा नगरपालिका–८ का १४ वर्षीय कायस्थ सोमबार स्वास्थ्यमा समस्या देखिएसंगै उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । तर उपचारका क्रममा मृत्यु   भएको हो ।

 सरकारले मुकेशको जीवन निर्वाह भत्ता भनेर वार्षिक दुई लाख ५४ हजार रुपियाँ, मुकेशको स्वास्थ्य अवस्था हेर्नको लागि एक जना अनमिको लागि वार्षिक तीन लाख ३८ हजार रुपियाँको व्यवस्था गरेको थियो ।

यसैवीच कायस्थको निधनप्रति प्रधानमन्त्री प्रचण्डले दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत ‘जिउँदो सहिद’ कायस्थको निधनप्रति दुः ख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि संगै शोक सन्तप्त परिवारजन समवेदना प्रकट गर्नुभएको हो ।