सोमवार, बैशाख १७, २०८१

१० बुँदे एजेन्दा सहित नेकपा एमाले केन्द्रीय कमिटीको चौथो बैठक आजबाट सुरु हुँदै

काठमाडौं वैशाख २८,
प्रमुख प्रतिपषीदल नेकपा एमाले केन्द्रीय कमिटीको चौथो बैठक आज केन्द्रीय कार्यालय, च्यासलमा बिहान १० बजेबाट बस्ने भएको छ । तीन दिनसम्म चल्ने बैठकमा १० वटा कार्यसूचीमा छलफल भएर निर्णय हुने तय भएको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार आजको  बैठकमा पार्टी अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायहरूको प्रतिवेदन, मिसन ग्रास रुटको प्रतिवेदन, प्रदेशहरूको कार्य योजना, केन्द्रीय सदस्यहरूको कार्य विभाजन, पार्टी प्रवेशीहरुको व्यवस्थापनलगायतका १० वटा कार्यसूचीमा छलफल हुने जानकारी दिनुभएकोछ ।

केन्द्रीय कमिटीमा ३३५ (दुई निलम्बित) सदस्य, ४ जना केन्द्रीय निकायका अध्यक्ष र ९ जना प्रदेश कमिटी अध्यक्ष (दुई भौगोलिक) हरू सहभागी  हुने बताउनुभयो ।