सोमवार, बैशाख १७, २०८१

प्रम प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् नवौंपटक विस्तार

गुरुङ, बस्नेत र लिम्बू मन्त्रिपरिषद् सदस्यमा नियुक्त

काठमाडौं वैशाख २० ,
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सत्ता साझेदार दल नेपाली काँग्रेसको तर्फबाट तीन जना नयाँ मन्त्री नियुक्त गर्दै नवौं पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ।

प्रधानमन्त्रीको सिफारिसमा नेपाली कांग्रेस उपसभापति धनराज गुरुङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बुलाइ राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम बुधबार मन्त्रीपरिषद सदस्यमा नियुक्त गर्नुभएको हो।

प्रधानमन्त्री ‘प्रचण्ड’ले विस्तारित मन्त्रिपरिषद्मा गुरुङलाइ कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी दिइएको छ भने बस्नेतलाइ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको जिम्मेवारी दिइएकोछ । त्यस्तै लिम्बुलाइ युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिइएको छ ।