बिहिबार, जेष्ठ ३, २०८१

राष्ट्रपति पौडेलद्वारा संसद्को बजेट अधिवेशन आह्वान

काठमाडौं वैशाख २० ,
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २४ गते आइतबार सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ।  संविधानको धारा ९३ को उपधारा [१] बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले घीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो ।

त्यस्तै संसद् सचिवालयले वैशाख २४ गते बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित संसदभवनमा प्रतिनिधिसभाका सांसद र राष्ट्रियसभाका सदस्यलाई अपराह्न ४ बजे उपस्थित हुन अनुरोध गरेको सचिवालयका महासचिव डा.भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ।

बजेट अधिवेशनसमेत भनिने यस अधिवेशनमा सरकारको वार्षिक नीति तथा कार्यक्रम र वार्षिक आयव्ययको विवरण [बजेट] प्रस्तुत हुनेछ।