शुक्रबार, बैशाख २१, २०८१

अमेरिका ठगी धन्दा प्रकरण सुरुवात मात्रै हो,अझ ठुला अनियमितताको अनुसन्धान हुन्छ: प्रम प्रचण्ड

 काठमाडौं बैशाख २२,
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारीलाई कुनै पनि हालतमा नछाड्ने बताएका छन् ।बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा प्रचण्डले यस्तोअभिव्यक्ति दिनुभएको हो ।

उनले गैरकानुनी रूपमा आर्थिक अनियमितता गर्ने जोकोहीलाई पनि कानुनको नजरमा दोषी देखिए नछाड्ने बताउँदै भ्रष्टाचार, अनियमितता र गैरकानुनी काम गर्ने माथि निष्पक्ष छानविन सहित कारवाही गरिने बताउनुभयो ।

त्यस्तै प्रम प्रचण्डले देशमा सुशासन कायम गर्नका लागि ,‘२०४६ यताका राजकीय निकायमा बसेका नेता कर्मचारीको सम्पत्ति छानबिन गर्ने सरकारको तयारी रहेको जनाउ सहित छानविन र अनुसन्धानको क्रममा सरकार  राजनीतिक प्रतिसोधको धरातल भन्दा माथि उठ्ने बताउँनुभयो । साथै अमेरिका पठाउने ठगी धन्दा भ्रष्टाचार र अनियमितताको अनुसन्धान सुरुवात मात्रै भएको र यसपछि अझ ठुला भ्रष्टाचार अनियमितताको पोल खुल्दै जाने उहाँको भनाइ रहेको थियो ।