शुक्रबार, बैशाख २१, २०८१

आज शान्ति र अहिंसाका प्रतिक गौतम बुद्धको स्मरण सहित २५६७ औँ बुद्ध जयन्ती मनाइदैं

आपसी सद्भाव, सहकार्य र एकताका लागि अग्रसर हुनु नै बुद्धप्रतिको सच्चा सम्मान : प्रम प्रचण्ड

काठमाडौं बैशाख २२,
आज २५६७ औँ बुद्ध जयन्ती शान्तिका अग्रदूत गौतम बुद्धको पूजा आराधना र बुद्ध धर्मको प्रचार सहित मनाइँदै छ । प्रत्येक वर्ष बैंशाख शुक्ल पूर्णिमाका दिन गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्त तथा उहाँले महापरिनिर्वाण प्राप्त गरेको यो दिनलाई त्रिसंयोग अर्थाथ ऐतिहासिक व्यक्तित्व शान्तिका प्रतीक गौतम बुद्धको जन्मजयन्तीको अवसरमा शान्ति र अहिंसाका प्रतिक गौतम बुद्धको स्मरण सहित यो दिवस मनाउँने गरिन्छ ।

नेपालको लुम्बिनीमा जन्मिएर विश्वमा शान्ति, अहिंसा र सद्भावको सन्देश फैलाउने बुद्धको योगदान चीर स्मरणीय रहिआएको छ ।

भव तृष्णा, विभव तृष्णा र काम तृष्णाका कारणले दुःखको उत्पत्ति हुन्छ र त्यसको निरोधका लागि निर्वाण प्राप्त गर्नुपर्दछ भन्ने बुद्ध धर्मको सार हो ।

विश्वभर करोडौ मानिस बुद्ध धर्मका अनुयायी छन् । बुद्ध जयन्तीकै अवसरमा आज विहान लुम्वीनि स्थित मायादेवी मन्दिरमा विशेष पुजा आराधना गरी बुद्धको मुर्तिसहितको धार्मिक पदयात्राले लुम्बिनी परिक्रमा गर्दैछ भने राजधानीको स्वयम्भु गुम्वामा बुद्धको स्मरणमा विशेष पूजाआजा गरिदै छ । यस क्रममा स्वयम्भूमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ ।

पिता शुद्धोधन र माता मायादेवीको कोखबाट शाक्यमुनि राजपरिवारमा जन्मिएका सिद्धार्थ गौतमले २९ बर्षको उमेरमै राजर्षी सुखसयल त्यागेर सत्यको खोजीमा निस्किएका थिए । ईसा पूर्व ५२८ को वैशाख शुक्ल पूणिर्माकै दिन उहाँले बुद्धगयास्थित बोधिवृक्ष मुनि बुद्धत्व प्राप्त गर्नुभएको थियो ।

बुद्धत्व प्राप्त गरेपछि नै सिद्धार्थ गौतमलाई गौतम बुद्ध भन्न थालियो । भव तृष्णा, विभव तृष्णा र काम तृष्णाका कारणले दुःखको उत्पत्ति हुन्छ र त्यसको निरोधका लागि निर्वाण प्राप्त गर्नुपर्दछ भन्ने बुद्ध धर्मको सार हो । दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने ८ वटा मार्ग छन् भनी गौतम बुद्धले ज्ञान दिएका छन् ।  त्यस्तै आजै गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आज विशेष समारोह आयोजना गरिँदै छ । बुद्ध जयन्ती मनाउन लुम्बिनी क्षेत्रलाई सिँगारेर मनमोहक बनाइएकोछ ।

यसैवीच बुद्ध जयन्तीका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री पुष्पकमल दाहालले बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर नै अद्वितीय रहेको उल्लेख गरेका छन् । बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य र एकताका लागि अग्रसर हुनु नै बुद्धप्रतिको सच्चा सम्मान हुने बताउनुभएको छ ।