शुक्रबार, बैशाख २१, २०८१

अमेरिका पठाउने ठगी धन्दामा आठ जना पक्राउ, थप १० जनाका बारेमा अनुसन्धान सुरु

ठगी धन्दाकोअनुसन्धानसंगै मुलुकको राजनीतिमा  परकम्पन सिर्जना , पूर्वमन्त्री रायमाझीलाई समेत प्रहरीले पक्राउको सूचीमा राखेकोमा एमाले अध्यक्ष ओलीको असन्तुष्टि

काठमाडौं बैशाख २२,
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको अभियोगमा पूर्वमन्त्रीसहितका नेता तथा उच्च पदस्थ कर्मचारीसमेत अनुसन्धानमा तानिएपछि मुलुकको राजनीतिमा परकम्पन सिर्जना भएको छ । प्रहरीले प्रस्तुत ठगी धन्दामा संलग्न रहेको आरोपमा पूर्वमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई ,पूर्व उपप्रधान तथा गृहमन्त्री रायमाझीका छोरा सन्दीप रायमाझीलाइ, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाइ पक्राउ गरेसंगै मुलुकको राजनैतिक वृतमा परकम्पन सिर्जना भएको हो ।

त्यस्तै नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको अभियोगमा नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीसमेतको नाममा पक्राउ पुर्जी जारी भएको छ ।

यद्यपी विहिवार प्रहरी उच्च स्रोतले पूर्वमन्त्री रायमाझी भैरवाबाट पक्राउ परेको जनाएपनि यसको औपचारिक पुष्टि हुन सकेको छेन ।
तर रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले बुटवलबाट पक्राउ गरेर काठमाडौं ल्याई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकेको छ ।

साथै पूर्वमन्त्री रायमाझीलाई समेत प्रहरीले पक्राउको सूचीमा राखेपछि एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री प्रचण्डलाइ विहिवार भेटेर असन्तुष्टि जनाएका छन् ।  प्रमसंगको भेटपछि सञ्चारकर्मीलाइ प्रतिक्रिया दिदै एमाले अध्यक्ष ओलीले दोषी उम्कन नहुने र निर्दोष फस्न नहुने प्रतिक्रियासंगै बहालवाला सांसद रहेका रायमाझीलाई बाटो बाटैबाट समात्नुपर्ने कारण नभएको जनाउ दिएका छन ।  स्मरण रहोस ,भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अहिलेसम्म आठ जनालाई पक्राउ गरिएको र थप १० जनाका बारेमा अनुसन्धान गरिरहेको बुझिएको छ ।