सोमवार, बैशाख १७, २०८१

मन्त्रिपरिषद् बैठक : संसद्‌को बजेट अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय

काठमाडौं बैशाख २०,
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख २४ गते संसद्‌को बजेट अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

 त्यस्तै बैठकले संघीय निजामती ऐनसम्बन्धी विधेयकमाथिको सुझाव लिनका लागि उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा समिति गठन गर्ने लगायतका अन्य थप  विषय अन्र्तगत क्रमस  एसीसी क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख र अन्य टिम अफिसियललार्ई जनही ३ लाख प्रोत्साहन स्वरुप उपलब्ध गराउने , कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको मैदान बनाउन आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी निर्माण कार्य सम्पन्न गर्ने  निर्णय  भएको  बुझिएकोछ ।

त्यस्तै  कोशीटप्पु वन्यजन्तु आरक्ष स्थापना गर्दा बिस्थापितहरुका सन्दर्भमा थप छानविन गरी समस्या समाधान गर्न आयोग पुनर्गठन गरी तीन महिना म्याद थप गर्ने र  विज्ञापन नियमन गर्ने ऐन २०७६ मा भएको एकद्वार र समानुपातिक विज्ञापनका सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गरी विज्ञापन नियमावली २०७७ संशोधन गर्ने  बैठकले गरेको  छन ।