सोमवार, बैशाख १७, २०८१

प्रमुख तीन दलका शीर्ष नेता र सभामुखवीच भेटवार्ता ,विभिन्न विषयगत एजेन्दामा छलफल

 

काठमाडौं चैत २५,
सभामुख देवराज घिमिरे र संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख तीन ठूला दलका शीर्ष नेताबीच भेट सुरु भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको भेटमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली सहभागी रहेका छन् ।

पछिल्लो समय तीन राजनीतिक दलका नेताबीचमा सामूहिक विषयमा कुराकानी हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै बैठक बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।

भेटवार्ताको क्रममा उहाँहरुवीच विभिन्न विषयगत एजेन्दामा छलफल भएको छ । प्राप्त जानकारी अनुसरा नेतनत्रय र सभामुखवीच संवैधानिक परिषद्सँग सम्बन्धित विधेयकर सम्पत्ति शुद्धिकरण र संक्रमणकालीन न्याय सम्बन्धी विधयेकलाई फास्ट ट्रयाकबाट टुंग्याउने विषयमा छलफल भएको भेटवार्ता पछि सञ्चारकर्मीलाइ प्रतिक्रिया दिने क्रममा प्रम प्रचण्डले बताउनुभयो ।