आइतवार, बैशाख २३, २०८१

आज साँखुस्थित बज्रयोगिनीको मुल जात्रा मनाइदैं

काठमाडौं चैत २६,
गत विहिवारबाट शुरु भएको साँखुस्थित बज्रयोगिनीको आज मुल जात्रा मनाईदैछ । नौ दिनसम्म मनाइने यस जात्रामा ब्याधिनी, सिघिंनी बज्रयोगिनी तथा चैत्यलाई बज्रयोगिनी मन्दिरको आशनबाट निकाली जात्रा सहित साँखु शहर परिक्रमा गराउने प्रचलन रहिआएको छ। प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमादेखि वैशाख कृष्ण अष्टमीसम्म साँखुमा लाग्ने यो जात्रा ऐतिहासिक जात्रा मानिन्छ ।