आइतवार, बैशाख २३, २०८१

बलात्कार प्रकरणमा लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

 काठमाडौं चैत २६,
नेपाली क्रिकेट टोलीको पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामाथि आज जिल्ला अदालत काठमाडौंले सुनुवाइ गर्ने भएको छ । युवती बलात्कारको आरोपमा गत असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सन्दीप पुस २९ मा २० लाख धरौटी बुझाएर रिहा भएका थिए ।

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालले ५ बुँदे सर्तसहित उनलाई रिहा गर्न आदेशसंगै जिल्ला अदालत काठमाडौँले गरेको पुर्पक्षका लागि थुनामा पठाएको आदेश बदर गरेको थियो ।

सर्वोच्च अदालतले लामिछानेलाई अदालतलाई जानकारी गराएर विदेशमा खेल्न जान अनुमति दिएको थियो । अब, उनको मुद्दामा जिल्ला अदालतबाट अन्तिम सुनुवाइ हुनलागेका हो ।