सोमवार, बैशाख १७, २०८१

निर्वाचन मतपरिणाम अपडेट प्रत्यक्षतर्फ नेपाली कांग्रेस अगाडि

काठमाडौं मंसिर १० ,
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको प्रत्यक्षतर्फका कूल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म एक सय ४५ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । आयोगका अनुसार सार्वजनिक मत परिणम अनुसार प्रत्यक्षतर्फ कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ ।

हालसम्म नेपाली कांग्रेस ५१ स्थानमा विजयी भएको छ । एमाले ३९ , माओवादी केन्द्र १७, एकीकृत समाजवादी १० , राष्ट्रिय स्वतन्त्र पार्टी ७ , जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी पाँच/पाँच, लोकतान्त्रिक समाजवादी पार्टी चार, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी एक÷एक तथा पाँच स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । आयोगका अनुसार दोलखा, स्याङ्जा र बाजुराका तीन क्षेत्रमा मतगणना हुन सकेको छैन ।

त्यस्तै प्रदेशसभाको प्रत्यक्षतर्फ कांग्रेसले एकसय दुई स्थानमा जित प्राप्त गरेको छ भने एमालेले ७७ स्थानमा र माओवादी केन्द्रले ४७ र नेकपा एसले १३ स्थानमा जित प्राप्त गरेको छ। साथै काँग्रेसले प्रदेशसभामा थप ४८ स्थानमा , एमालेले ३३ माओवादी केन्द्रले १८ र नेकपा एसले स्थानमा अग्रता लिदै गरेको जनाएको छ।