सोमवार, बैशाख १७, २०८१

एक सय ६५ मध्ये १२५ क्षेत्रको मतपरिणाम सार्वजनिक,बाँकी क्षेत्रमा कहिँ विवाद त कहिँ पुन मतदानको माग

काठमाडौं मंसिर १०,
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत १६५ निर्वाचन क्षेत्र मध्ये हालसम्म एक सय २५ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको निर्वाचन आयोगले जनाएको छ।

त्यस्तै आयोगले मतपरिणाम सार्वजनिक भइसेको क्षत्र वाहेकका बाँकी क्षेत्रमा मतगणना भइरहे पनि दोलखा, स्याङ्जा–२ र बाजुरामा मतगणना सुरू हुन बाँकी रहेको छ । दोलखा र स्याङ्जामा सत्तापक्ष र प्रतिपक्षबीच विवादका कारण मतपेटिका सङ्कलन भइसके पनि गणना सुरू हुननसकेको आयोगले जनाएको छ।

त्यस्तै बाजुराको बूढीनन्दा नगरपालिका–५ स्थित नन्देश्वरी मावि, पिपलचौर मतदान केन्द्रमा मंसिर ४ गते भएको अवरोधका कारण रोकिएको मतदान आज भएको आयोगले जनाएको छ ।