रुपन्देहीको ५ मध्ये एमाले ३, लोसपा १ र एक राप्रपा
काठमाडौं मंसिर १०,
मंसिर ४ गते सम्पन्न आम निर्वाचन अन्र्तगत प्रतिनिधिसमा प्रदेशसभा निर्वाचनअन्तर्गत रुपन्देही ३ मा राप्रपाका नेता दीपक बोहरा विजयी भएका छन् । नेपाल सरकारका गृहमन्त्री समेत रहेका कांग्रेस नेता बालकृष्ण खाणलाई बोहोराले २५ सयभन्दा बढी मतान्तरमा पराजित गरेको हो ।
मुख्य निर्वाचन कार्यालयको तर्फबाट प्राप्त् अन्तिम मत परिणाम अनुसार दिपक बोहराले ३६ हजार ६ सय ४८ मत प्राप्त् गर्दैगर्दा खाणले ३४ हजार ६ मत पाएका छन् ।
यसैवीच क्षेत्र नम्बर १ २ र ज् मा क्रमस एमालेका छविलाल विश्वकर्मा, विष्णु पौडेल र बासुदेव घिमिरे निर्वाचित भएका छन भने , क्षेत्र नम्बर ३ मा राप्रपाका दिपक बोहरा, क्षेत्र नम्बर ४बाट लोसपाका सर्वेन्द्रनाथ शुक्ला निर्वाचित भएका छन ।