आइतवार, बैशाख १६, २०८१

अर्याल र शेर्पाको टोलीद्वारा गाङछेँपो हिमालको सफल आरोहण

काठमाडौं कार्तिक २९,
ग्रामीण विकास र दिगो पर्यटनको परियोजनालाई विश्वसामु ध्यानाकर्षण गराउँने लक्ष्यसंगै स्थानीय समुदायको स्वर्णिम भविष्यको कामना सहित नेपाली माउन्टेन गाइड रामकाजी ‘प्रयास’सहित गरिमा भोयजका अध्यक्ष रवीन्द्र अर्याल र न्यू भिजन नेपालका अध्यक्ष अशोक भट्टले शुक्रबार दिउँसो ११ बजे गाङछेँपोको चुचुरो चुमेका छन ।

नेपाली पर्वतारोही सानु शेर्पा र लालबहादुर वाइवाले सिन्धुपाल्चोकतर्फबाट पहिलोपटक गाङछेँपो (६,३७८ मिटर) हिमाल आरोहण गरेको केही दिनमै अरू तीनजनाले पनि सो हिमालको चुचुरो चुम्न सफल हुनु भएको हो ।

मोगानका महासचिवसमेत रहेका रामकाजीले क्याम्प–१ बाट ११ घण्टा लगाएर हिमालको चुचुरोमा पुग्न सफल भएसंगै नेपालको पर्वतीय क्षेत्रमा थप सफलता हासिल गरेको र नयाँ आरोहण गन्तव्य थपिएको भ्रमणदलका सदस्यहरुको भनाइ रहेको छ ।

त्यस्तै इटालीका प्याराक्लाइम्बिङ टोलीका विश्व च्याम्पियन सिमोन सालभाग्निन र सगरमाथा आरोही तथा अन्तर्राष्ट्रिय माउन्टेन गाइड लुका मोन्टानारी र डी’एमिलिया अलेसेन्ड्रो, डेला मुरा मार्कोसहित नेपाली आरोहीको एक टोली आरोहणका लागि अक्टोबर २९ मा त्यसतर्फ प्रस्थान गरेका थिए ।