आइतवार, बैशाख १६, २०८१

मधेश प्रदेश सरकाको मौजुदा मन्त्रीपरिषदबाट काँग्रेसका तीन मन्त्री बर्खास्त

काठमाडौं असोज २८,
प्रधानमन्त्री शेरवहादुर देउवाको सिफारिसमा आसन्न् निर्वाचन लक्षित सत्ता गठबन्धनबाट वाहिरिएका जनता समाजवादी पार्टीबाट मौजुदा गठबन्धन सरकारमा रहेका जसपाका मन्त्रीहरूलाई पदमुक्त गरेको भोलीपल्ट मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेश प्रदेश सरको मौजुदा मन्त्रीपरिषदमा रहेका नेपाली कांग्रेसबाट मन्त्रीत्रयलाइ बर्खास्त गरेका छन ।

प्रदेश प्रमुखको कार्यालयले जारी विज्ञप्तिमा संविधानको धारा १६९ को उपधारा २ खण्ड ख वमोजिम मधेश प्रदेश सरकारको मौजुदा मन्त्रीपरिषदमा रहेका नेपाली कांग्रेसबाट मन्त्रीत्रयलाइ बर्खास्त गरेको उल्लेख गरिएको छ।

त्यस्तै जारी विज्ञप्तिमा मुख्यमन्त्री राउतले मधेश सरकारको मन्त्रिपरिषदबाट बर्खास्त गरेका मन्त्रीत्रयमा क्रमस भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह रहेको उल्लेख गरिएको छ।