आइतवार, बैशाख १६, २०८१

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

 काठमाडौं असोज २८ ,
आज आगामी मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचन लक्षित हुँदै नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । पार्टी मुख्यालय सनेपामा दिउँसो २ बजे बस्ने बैठकमा चुनावी घोषणापत्रको मस्यौदालाई अन्तिम रूप दिने तयारी रहेको थाहा भएको छ ।
काँग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन गरेको घोषणपत्र तयारी समितिले देशभरबाट विभिन्न उपसमितिमार्फत सुझाव सङ्कलन गरी घोषणपत्रको मस्यौदा तयार पार्नु भएको हो ।

यसैगरी बैठकमा निर्वाचनका लागि पार्टीको तयारी संगै निर्वाचन परिचालन समिति गठन गर्नेलगायत समसामयिक विषयमा छलफल हुने बतायएकोछ ।