आइतवार, बैशाख १६, २०८१

चुनावी रणनैतिक योजना बनाउँन जुट्यो प्रदेश समिति

काठमाडौं असोज २८ ,
आगामी मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचन अन्र्तगत  काठमाडौं काँग्रेस क्षेत्र न ८ प्रदेशको आज प्रारम्भिक चुनावी रणनैतिक कार्य योजना तर्जुमा बैठक बसेको छ ।

 काठमाडौं महानगरको वडा न. १३ , १९ ,२० ,२३ र २४ वडा समिति कार्यक्षेत्र रहेको प्रदेश समितिको बैठकमा प्रदेश सभाका उम्मेदवार राजुराज जोशीले प्रदेश र संघ दुवैमा सत्ता गठबन्धनका उम्मेदवारलाइ निर्वाचित गराउँन आवश्यक कार्ययोजना तय गर्दै अगाडी बढ्नु  पर्ने बताउनुभयो ।

त्यस्तै बैठकमा प्रदेश समितिका सभापति इन्द्रमानसिंह सुवालले प्रस्तुत गर्नु भएको आसन्न निर्वाचनमा विजयको आधार पहिल्याउँन तर्जुमा गरिनुपर्ने रणनैतिक कार्य योजना प्रति बैठकमा सहभागी महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य प्रदेश समितिका पदाधिकारी,इकाइ सभापति लगायतले सुझाव दिनुभएको थियो ।

सत्ता गठबन्धन अन्र्तगत यस निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यमा नेकपा एसको तर्फबाट जीवनराम श्रेष्ठ, प्रदेश १ मा नेपाली काँग्रेसका नेता राजुराज जोशी र प्रदेश न २ मा नेपाली काँग्रसकै अमिन पाण्डे र समानुपातिक निर्वाचन प्रणाली तर्फ नेपाली काँग्रेसको तर्फबाट सपना जोशी उम्मेदवार रहनुभएको छ ।