शनिबार, बैशाख १५, २०८१

विभागमार्फत आचारसंहिताको अनुगमन नेपाली सञ्चार क्षेत्रलाई अमान्य : महासङ्घ

 काठमाडौं असोज २७,
नेपाल पत्रकार महासङ्घले निर्वाचन आयोगले निर्वाचन आचारसंहिताअन्तर्गत पत्रकार तथा सञ्चारमाध्यमका लागि उल्लेख आचारसंहितासमेत पालना भए/नभएको अनुगमन गर्ने जिम्मा  विभागलाई दिएकोप्रति महासंघले असमति  जनाएको छ ।  महासङ्घले आचारसंहिताको पालना गरे नगरेको अनुगमन गर्ने काम प्रेस काउन्सिल नेपालले गर्दै आएको छ । त्यस्तै नेपाली सञ्चारजगतले  स्वनियमनको सिद्धान्तअनुसार सञ्चार क्षेत्र आफैँले बनाएको आचारसंहिता पालना गर्दै आइरहेकोतर्फ आयोगको ध्यानाकर्षण गराउँदै विभागमार्फतको अनुगमन नेपाली सञ्चार क्षेत्रलाई मान्य नहुने कुरा प्रष्ट पार्न चाहन्छौँ”, महासङ्घका महासचिव रोसन पुरीले

जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै विज्ञप्तिमा आयोगले चुनाव प्रचार/प्रसारसम्बन्धी विज्ञापनको विषयमा अनलाइन सञ्चारमाध्यमप्रति विभेद गरिएको पक्षप्रति महासङ्घको ध्यानाकर्षण भएको जनाउँदै लोकतन्त्रमा सबै सञ्चारमाध्यमको भूमिका समान हुने भएका कारण संवैधानिक आयोगबाटै भएको विभेद आपत्तिजनक रहेको जनाएको छ । साथै महासङ्घले तत्काल सच्याएर सबै सञ्चारमाध्यमलाई समान व्यवहार गर्न र अनलाइन सञ्चारमाध्यमले पनि निर्वाचनका प्रचार/प्रसारसम्बन्धी विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने व्यवस्था गर्नुपर्ने पक्षमा आयोगको ध्यानाकर्षण गराएको छ।