शनिबार, बैशाख १५, २०८१

वाङ्मय शताब्दी पुरूष जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक : अस्पताल

काठमाडौं असोज २७,
वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ । किष्ट अस्पतालमा उपचाररत् एक सय तीन वर्षीय जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको अस्पतालले जनाएको छ ।

अस्पतालले आज जारी विज्ञप्तिमा लामो समयदेखि प्रोस्टेट तथा मुटुको समस्याबाट पीडित जोशीलाइ पछिल्लो समय डेङ्गु सङ्क्रमण, छातीमा निमोनियाको सङ्क्रमणका साथै मुटुको चालसम्बन्धी समस्या देखिएको र अक्सिजन स्याचुरेसन लेभल कम भएर सघन उपचार कक्षमा सिफ्ट गरी उपचार सेवा दिइँदै आएको अस्पतालले जनाएको छ ।