आइतवार, बैशाख १६, २०८१

कांग्रेसको चुनावी घोषणापत्रको मस्यौंदा सुझावसहित पारित

 काठमाडौं असोज २७,
नेपाली काँग्रेस केन्द्रीयकार्य सम्पादन समितिको आज बसेको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन लक्षित हुँदै तयार गरिएको पार्टीको घोषणापत्रको मस्यौंदा प्राप्त सुझाव समावेश गर्ने गरी पारित गरेको छ ।

बैठकमा प्रारम्भिक मस्यौंदा उपसमितिका तर्फबाट डा.स्वर्णिम वाग्लेले मस्यौंदाको थप व्याख्या गर्नुभएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले घोषणापत्रको मस्यौंदामा उपत्यका बाहिर रहनुभएका केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूले असोज २९ गते शनिबार साँझ ७ बजेभित्र पठाउनु हुने लिखित सुझाव समेतलाई समावेश गर्ने निर्णय गरेको जानकारी दिदै मुख्यसचिव पौडेलले जानकारी दिनुभयो ।

साथै आजको बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, डा।रामशरण महत, अर्जुननरसिंह केसी, प्रवक्ता डा प्रकाशशरण महत लगायतले आफ्नो धारणा व्यक्त गर्नुभएको मुख्यसचिव पोडेलले बताउनुभयो।