सोमवार, बैशाख १७, २०८१

आयोगमा दर्ता भएका ८६ मध्ये ५७ दलको प्रत्यक्षतर्फ उम्मेदवारी: आयोग

 काठमाडौं असोज २६,
निर्वाचन आयोगले आसन्न निर्वाचनमा भाग लिन दर्ता भएका ८६ दलमध्ये ५७ दलले मात्र प्रत्यक्षतर्फ उम्मेदवारी दिएको जनाएको छ ।

त्यस्तै प्रदेशसभातर्फ भने प्रत्येक प्रदेशमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने दलको सङ्ख्या फरक – फरक रहेको र यसमध्ये प्रदेश न १ मा ३०, मधेशमा ३७, वागमतीमा ३२, गण्डकीमा २३, लुम्बिनीमा २५, कर्णालीमा १६ र सुदूरपश्चिममा २० दलले उम्मेद्वारी दिएको जनाएको छ ।

आयोगका अनुसार विसं २०७४ को निर्वाचनमा प्रत्यक्षतर्फ ५५ दलले भाग लिएको जनाउँदै आसन्न निर्वाचनमा आगामी मङ्सिर ३ गते १८ वर्ष पूरा भएका र मतदाता परिचय पत्रावहकले मतदाताले मतदान गर्न पाउने छन् ।