सोमवार, बैशाख १७, २०८१

बागी उम्मेदवारलाई पार्टीबाट निष्कासन गर्ने काँग्रेसको निर्णय

काठमाडौं असोज २६,
नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बागी उम्मेदवारी दिने पार्टीका नेता तथा कार्यकर्तालाइ पाँच वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको छ।

काँग्रेस मुख्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार जारी विज्ञप्तिमार्फत आसन्न् निर्वाचनमा पार्टीको निर्देशन विपरित सत्तारुढ गठबन्धनदलहरु र मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी बीच भएको सहमति अनुरुप सत्तारुढ गठबन्धन दल र लोकतान्त्रिक समाजवादी पार्टीबीच भएको सहमति विपरत बागी उम्मेदवारी दिने उम्मेदवार लक्षित हुँदै काँग्रेसले यस्तो निर्णय गरेको हो ।

त्यस्तै जारी विज्ञप्तिमा काँग्रेसले आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने उम्मेदवारसंगै निजका समर्थक र प्रस्तावक विरुद्ध समेत विधानको धारा ३४ [१] [घ] उल्लङ्घन गरेको भन्दै विधानको धारा ३४ [४] [क] अनुसार नेपाली कांग्रेसको सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि निष्कासन गरिएको हो।