सोमवार, बैशाख १७, २०८१

आचारसंहिता उल्लङ्घन गर्ने कार्यपालिकाका पदाधिकारीलाइ कारबाही गर्न आयोगको निर्देशन

काठमाडौं असोज २६,
निर्वाचन आयोगले आसन्न निर्वाचन लक्षित हुँदै जारी गरेको निर्वाचन आचारसंहिता २०७९ विपरीत स्थानीय तहका कार्यपालिकाका सदस्यहरूले आफ्नो पालिकाभित्र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको भन्ने जानकारीमा आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आचारसंहिता विपरीतका कार्य गर्ने स्थानीय तहका पदाधिकारी र सदस्यहरूलाई कारबाही गर्न निर्देशन दिएको छ ।

 त्यस्तै आयोगका उपसचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले विज्ञप्ति मार्फत जारी निर्वाचन आचारसंहिता अनुसार कुनै पनि स्थानीय तहमा निर्वाचित कार्यपालिका सदस्यले आफू निर्वाचित भएको पालिकाभित्र कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नमिल्ने साथै आफू निर्वाचित भएका स्थानीय तह बाहेकको स्थानमा कुनै उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न चाहेमा सरकारी साधन स्रोत (सवारी साधन, सुरक्षाकर्मी आदि)को प्रयोग नगरी संलग्न हुन सकिने व्यवस्थाको वर्खिलापका कामकारवाही संगै उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको जानकारी आएको भन्दै आयोगले यस्तो निर्देशन दिएको हो ।

कार्यपालिकाका पदाधिकारी र सदस्य लक्षित हुँदै आयोग जारी गरेको ३ बुँदे कारवाहीको चेतावनी सहितको निर्देशनमा क्रमस स्थानीय तहको कार्यपालिकाका पदाधिकारी र सदस्यहरूले निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको पाइएमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम निजलाई कार्वाही गर्न स्पष्टीकरण सोधी तत्काल कारवाहीको प्रक्रिया अघि बढाउन जिल्ला आचारसंहिता अनुगमन समितिका अधिकृत [कोष तथा लेखा नियन्त्रक कार्यलयका प्रमुख]लाई निर्देशन दिने । साथै सोको सम्पूर्ण विवरण तत्काल जिल्ला आचारसंहिता अनुगमम समिति र आयोगमा पठाउन भनेको छ।

त्यस्त बुँदा नं. १ बमोजिमको कारबाही प्रक्रिया अघि बढाउन आवश्यकताअनुसार जिल्ला आचारसंहिता अनुगमन समिति तथा निर्वाचन कार्यलयले आवश्यक सहजीकरण र सहयोग गर्न र स्थानीय तहको कार्यपालिकाका पदाधिकारीले निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको पाइएमा निर्वाचन आयोग ऐन, २०७३ को दफा ७ बमोजिम आवश्यक सूचना तथा सहयोग उपलब्ध गराउन सम्बन्धित स्थानीय तहको कार्यालय तथा प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन पदइएको छ।