सोमवार, बैशाख १७, २०८१

दीपक मनाङे प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित

 काठमाडौं असोज २६,
आसन्न मंसिर ४ गते हुने आम निर्वाचन अन्र्तगत मनाङ निर्वाचन क्षेत्रको ‘ख’ प्रदेशसभामा राजीव गुरुङ उर्फ दीपक मनाङे प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभातर्फ स्वतन्त्र रूपमा उम्मेदवारी दिएका दोर्जे लामा गुरुङले आफ्नो उमेदवारी फिर्ताका लागि निवेदन दिएपछि मनाङे निर्विरोध निर्वाचित हुने भएको हो ।

उम्मेदवारी फिर्ता लिन निर्वाचन आयोगले आज दिउँसो ३ बजेसम्मको समय सिमा तोकेको र उनका निकटम प्रतिस्पर्धी गुरुङले आफ्नो उम्मेदवारी फिर्ता गरेसंगै गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री समेत रहेका मनाङेलाइ प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचितको मार्ग प्रसस्त भएको हो । अघिल्लो पटक पनि उनी स्वतन्त्र रूपमा विजयी भएका थिए । त्यसबेला उनलाई एमालेले समर्थन गरेको थियो ।