बिहिबार, बैशाख १३, २०८१

शताब्दीपुरुष जोशीको स्वास्थ्य अवस्थामा सुधार, क्याबिनमा सारियो

काठमाडौं असोज २६,
वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार आएको अस्पतालले जनाएको छ।

विगत १९ दिन यता देखि ललितपुरस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार गराइरहनु भएका वाङ्मय शताब्दीपुरुष जोशीको स्वास्थ्य अवस्था सम्बन्धी अस्पताले आज जारी बुलेटिनमार्फत जोशीको स्वास्थ्यमा सुधारआएपछि आइसियुबाट क्याबिनमा सिफ्ट गरेको जनाएको छ ।

त्यस्तै बुलेटिनमा १०३ वर्षीय जोशीले दोहोरो कुराकानी गर्न थाल्नुभएको जनाउँनुको अलावा मुटुका समस्या र निमोनिया यथावत् भएकोले क्याबिनमा सारे पनि आइसियु जस्तै निगरानीमा राखेर उपचार भइराखेको उल्लेख गरिएको छ।