सोमवार, बैशाख १७, २०८१

बागीलाई उम्मेदवारी फिर्ता नलिए निष्काशन गर्ने  सत्ता गठबन्धनको चेतावनी 

काठमाडौं असोज २४,
आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रयोजनका लागि दलको तर्फबाट टिकट नपाएसंगै स्वतन्त्र उम्मेदवारी दिने नेताहरुलाई उम्मेदवारी फिर्ता नलिए त्यस्ता सदस्यहरूलाइ सम्बन्धित पार्टीले पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्काशन गर्ने भएको छ।
सत्ता गठबन्धनको आज बसेको शिर्ष नेतृत्वको आज बसेको बैठकले गठबन्धनको सहमति बिना स्वतन्त्र उम्मेदवारी दिने नेताहरुलाई उम्मेदवारी फिर्ता गर्न निर्देशन दिदै यस्तो चेतावनी दिएको हो ।

त्यस्तै  सत्ता गठबन्धनमा आवद्ध दलहरू क्रमस नेपाली कांग्रेस, माआवादी केन्द्र, नेकपा एस तथा राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवारविरुद्ध उम्मेदवारी प्रस्तुत गर्ने सदस्यहरूले निर्वाचन आयोगद्वारा प्रकाशित निर्वाच कार्यतालिका अनुसार असोज २६ गते दिउँसो १ बजेभित्र आ–आफ्नो उम्मेदवारी फिर्ता गर्न निर्देशन  दिएको हो ।