शुक्रबार, चैत्र १६, २०८०

प्रधानको संयोजकत्वमा भक्तपुर कांग्रेसको प्रचार शाखा गठन

भक्तपुर असोज २४,
नेपाली कांग्रेस भक्तपुरले जिल्ला प्रचार शाखा बिस्तार गरेको छ । जिल्ला सभापति दुर्लभ थापाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) तथा नियमावली २०७६ को नियम ४८ (५) बमोजिम गत चैत्र ३ गते गठन गरेको प्रचार शाखालाई सोमवार बिस्तार गर्नुभएको हो ।
सभापति थापाले पार्टी जिल्ला समितिका प्रवक्ता रविन्द्र प्रधानको संयोजकत्वमा प्रचार शाखा गठन गर्नुभएको थियो । सो शाखालाई बिस्तार गरी सह संयोजकमा सूर्यविनायक नगरपालिका–५ का रमेश खड्का, सचिवमा भक्तपुर नगरपालिका–१ का पवन भुजु र सह सचिवमा मध्यपुर थिमि–१ का जगतकृष्ण प्रजापतिलाई मनोनयन गरिएको छ ।

यसैगरी सदस्यहरुमा मध्यपुर थिमिबाट केदार खड्का, पुरुषोत्तम खड्का, लक्ष्मी शोभा प्रजापति, सुजन पौडेल, भक्तपुर नगरपालिकाबाट किरण प्रजापति, रामगोपाल तमाखु, रञ्जु सापकोटा, चाँगुनारायण नगरपालिकाबाट राजेन्द्र बस्नेत, रोशन तिमल्सिना, कल्पना सुवाल, प्रदुभ्न पोखरेल र सुमना दाहाल (सोनु), सूर्यविनायक नगरपालिकाबाट शंकर तिवारी, कृष्ण शरण पौडेल, सुनिल तामाङ रहेका छन ।

शाखामा मनोनित पदाधिकारी र सदस्यहरुलाई मनोनयन पत्र प्रदान गर्दै सभापति थापाले प्रचार शाखाले आगामी निर्वाचनमा जिम्मेवारीपूर्ण कार्य गर्ने विश्वास व्यक्त गर्दै उहाँले निर्वाचनका बेला नेपाली कांग्रेस र गठबन्धनका उम्मेदवार विरुद्ध विपक्षी दलले विभिन्न खाले अफवाह फैलाउने  र झुठा प्रचार गर्ने तर्फ प्रचार शाखाले विशेष चनाखो भई कार्य गर्नुपर्ने बताउँदैं त्यस्ता अफवाहलाई चिरेर अगाडि बढ्न निर्देशन दिनुभयो ।

उहाँले प्रचारका नाममा कसैप्रति नकारात्मक प्रचार नगर्न, पार्टी र गठबन्धनका उम्मेदवारहरुले विगतमा गरेका सामाजिक, राजनीतिक कार्यहरुको सही ढंगले प्रचार गर्न सुझाव दिनुभयो ।