सोमवार, बैशाख १७, २०८१

वाङ्मय शताब्दीपुरुष जोशीको स्वास्थ्य अवस्थामा सामान्य सुधार

काठमाडौं असोज २५,
वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा समान्य सुधार आएको अस्पतालले जनाएको छ।

विगत १८ दिन यता देखि ललितपुरस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार गराइरहनु भएका वाङ्मय शताब्दीपुरुष जोशीको स्वास्थ्य अवस्था सम्बन्धी अस्पताले आज जारी बुलेटिनमा अस्पतालले उहाँको छातीमा निमोनियाको सङ्क्रमण नियन्त्रणको लागि दिइएको एन्टिबायोटिक्सको कोर्स जारी रहेको र मुटुको चाल सम्बन्धि देखिएको समस्या समेत सुधारन्मुख रहेको जनाएको छ। 

त्यस्तै बुलेटिनमा पछिल्लो समय उहाँले सामान्य प्रतिकृया देखाउँनु भए पनि आईसीयूमा राखी उपचार जारी रहेको उल्लेख गरिएको छ। यसअघि सोमवार जारी बुलेटिनमा अस्पतालले जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको र अवस्था चिन्ताजनक रहेको जनाएको थियो ।