शुक्रबार, बैशाख १४, २०८१

निर्वाचन आचारसंहिता वर्खिलाप प्रचारमा संलग्न शिक्षक र सरकारी कर्मचारीलाई कारबाही

काठमाडौं असोज २५ ,
निर्वाचन आयोगले आसन्न् आम निर्वाचन लक्षित हुँदै जारी गरेको निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था रहेको व्यवस्थाका वर्खिलाप सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र शिक्षकहरूले राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न भएको पाइएसंगै कारबाही प्रक्रिया शुरु गरेको छ।

आयोगका प्रवक्ता शालिग्राम पौडेलले आज जारी प्रेस विज्ञप्ति मार्फत जारी निर्वाचन आचारसंहिता, २०७९ को प्रतिकूल हुने गरी निर्वाचन प्रचारप्रसारमा संलग्न कर्मचारी तथा शिक्षकले उम्मेदवारसँग तस्बिर खिचाइ बधाई र शुभकामना दिने, राजनीतिक दल र उम्मेदवारहरूका प्रचार सामग्रीको शेयर र लाइक गर्ने गरेका घटनाहरू अनुगमनका क्रममा पाइएसंगै कारबाही प्रारम्भ गरेको जानकारी दिनुभएको हो ।

त्यस्ते जारी विज्ञप्तिमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम आचारसंहिताको अनुगमन र कारबाहीको प्रबन्ध रहेको छ । आयोगले त्यस्ता कर्मचारीलाई स्पष्टीकरणको मौका दिई दोषी देखिएमा सचेत, विभागीय कारबाही वा निलम्बनसम्मको कारबाहीका लागि सम्बन्धित निकायलाई आदेश दिनसक्ने व्यवस्था रहेको उल्लेख गर्दै नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गत निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने जानकारी दिनुभयो ।