सोमवार, बैशाख १७, २०८१

औषधि बजारमा एकै कम्पनीको दुइ फरक प्रकृतिका सिटामोल कुन नक्कली कुन सक्कली ?

नियमनको पक्षमा विभागको चरम लापरवाहीका कारण औषधि बजारमा  दुइ फरक प्रकृतिको सिटामोल निर्वाद विक्री वितरण

काठमाडौं असोज १३ ,
देशभर डेंगु संक्रमणको रफतार  बढ्दै गर्दा बजारमा चरम अभाव हुँदै आएको सिटामोलको नक्कली स्टिप समेत भेटिन थालेको छ । सरकारी स्वामित्वको औषधि नेपाल औषधि कम्पनीको उत्पादन रहेको सिटामोलको दुइ थरि स्टिप बजारमा भेटिएसंगै कुन औषधि सक्कली हो कुन औषधि नक्कली हो भन्ने अन्यौलता संगै औषधिको गुणस्तरियतामा समेत अनेकन आशंका सिर्जना भएको छ ।

त्यस्तै मूल्यवृद्धिका लागि कृतिम अभाव सिर्जना गरिएको सिटामोल बजारमा पाँउँनै मुस्किल रहेको अवस्थामा सिटामोलका दुइथरि प्याकेट बजारमा भेटिनु भनेको मानव स्वास्थ्य माथिको गम्भीर खेलवाद संगै औषधि बजारको नियमनको जिम्मेवारी पाएका औषधि व्यवस्था विभागको अकर्मण्यताको पराकाष्ठा सावित भएको छ ।

सरकारले सरकारले स्वास्थ्य संस्थाहरूमा निःशुल्क वितरण गर्ने औषधि सूचीको दोस्रो नम्वरमा रहेको सिटामोल माथि हुँदै आएको अनेकन चलखेल प्रति औषधि व्यवस्था विभाग उदासिन बन्दै आएको छ ।

मानव स्वास्थ्यका लागि गुणस्तिरिय औषधिको वकालत गर्ने विभागका महानिर्देशक भरत भरत भट्टराइले औषधि बजार नियमनको पक्षमा प्रदर्शन गर्दै आएको चरम लापरवाहीका कारण राजधानीकै उपभोक्ताले नक्कली वा गुणस्तरहिन औषधि सेवन गर्न बाध्य भएका छन भने मोफसलका उपभोक्ताको अवस्था के होला प्रसंग आफैमा घाम जस्तै छर्लङ्ग रहेको छ ।

त्यस्तै सिटामोल किन्न आउने उपभोक्तालाइ दुखाइ कम गर्ने वैकल्पिक औषधि दिएर पठाउने फार्मेसीले दुइ फरक प्रकृतिको सिटामोल निर्वाद रुपमा विक्री वितरण गर्दैगर्दा समेत विभागको मौनता आफैमा आश्चर्यको विषय सावित भएको छ।

हामीलाइ स्रोतबाट प्राप्त नेपाल औषधि कम्पनीको उत्पादन प्यारासिटामोल ट्याव्लेटको दुइ थरि स्टिप मध्ये एक स्टिपमा उत्पादन कम्पनीको लोगो , म्यानिफ्याक्चर वाइ कोलम    र औषधिको अग्रेजी नाममा अंकित गरिएको सिटामोलको O शब्दमा  औषधिको ट्याव्लेट चित्राअंकित गरिएको छ । त्यस्तै अर्को  स्टिपमा कम्पनीको लोगो , औषधिको अग्रेजी नाममा अंकित गरिएको सिटामोलको O शब्द र म्यानिफ्याक्चर वाइ कोलममा कालो कलरमा रिर्भस   गरिएको छ भने औषधिको स्टिप समेत गाढा र फिक्का सहित दुइ थरि रहेको प्रष्टै देखिन्छ ।

स्मरणीय छ, एकै कम्पनीको उत्पादन हो भने कम्पनीको लोगो र ब्राण्ड नेममा फरक नहुनु पर्ने हो । तर बजारमा भेटिएको दुइ थरिको सिटामोलका कारण नियमक निकायको नियमनको विश्वसनियता एवम् अभावको समयमा लाभ लिन पक्लेको व्यवसायीको प्रभाव त हैन भन्ने गम्भीर प्रश्न चिन्ह सिर्जना भएको छ भने औषधि उत्पादन कम्पनीको समेत गम्भीर लापरवाहीसंगै उपभोक्ताको स्वास्थ्य माथि गम्भीर घात हुँदै आएको पाइएको हो ।