शुक्रबार, चैत्र १६, २०८०

प्रम देउवाले सिटामोल अभावको जानकारी लिन स्वास्थ्य सचिव पोखरेललाई बोलाए बालुवाटार

काठमाडौं असोज १३ ,
देशभर फैलिएको डेंगी नियन्त्रण गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष चासो देखाएका छन् । डेंगी संक्रमितको संख्या बढेपछि बजारमा सिटामोलको चरम अभावको समाचार आएपछि प्रधानमन्त्री देउवाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोसन पोखरेललाई बालुवाटार बोलाएका छन् ।

‘ डेंगी नियन्त्रणमा स्वास्थ्य मन्त्रालयले गरिरहेको प्रयास र बजारमा सिटामोलको आपूर्तिको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्रीको सचिवालयले स्वास्थ्य सचिव डा. पोखरेललाई आवश्यक जानकारी लिन बोलाएको हो । स्मरण रहोस, देशका ७४ जिल्लामा फैलिएको डेंगी संक्रमितको संख्या २८ हजार नाघेको छ भने अहिलेसम्म ३६ जनाको ज्यान गइसकेको   छ ।