शुक्रबार, बैशाख ७, २०८१

आज थप २ को मृत्यु भएसँगै नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो

 काठमाडौं असोज १३ ,
नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ। पछिल्लो २४ घण्टामा डेंगु संक्रमणबाट आज थप २ जनाको मृत्यु भएसँगै नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मनत्रालयले जनाएको छ। मन्त्रालयका अनुसार बिहीबार थप ५४० जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या २८ हजार १०९ पुगेको छ ।

त्यस्तै मन्त्रालयले दिएको जानकारी अनुसार मुलुकको ७७ म्धये एकमात्र जिल्ला मुस्ताङ भने डेंगु संक्रमणमुक्त रहेको जनाउँदै पछिल्लो समय सबैभन्दा धेरै काठमाडौं उपत्यकामा संक्रमित रहेको जानकारी मन्त्रालयले दिएको छ ।

साथै प्रदेशगत रुपमा सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ९७५, लुम्बिनीमा प्रदेशमा तीन हजार १२५, सुदूरपश्चिम प्रदेशमा ८५० जनामा डेंगु पुष्टि भएको छ । गण्डकीमा ६ सय ७७, मधेश प्रदेशमा ४१३ र कर्णाली प्रदेशमा २३८ जनामा संक्रमण पुष्टि भएको बुझिएको छ ।