मङ्लबार, बैशाख १८, २०८१

देशको बारेमा चिन्तित भएर ……..

गोबिन्द राज ओझा (राजन)

यो देशको बारेमा चिन्तित भएर सोच्दछु मैले
मेरो मुलुकको बारेमा कथा लेख्दै गरेको छु मैले

सारा विश्वमा शान्तिको सन्देशको ज्योति फैलाउनु छ
एकताको भावलाई अघि बढाउने बाटोमा हिँडनु छ
गौरवशाली देश हाम्रो नेपालको बारेमा केहि लेख्नु छ
देशको मुहार फेर्नलाई आफ्नो कर्तव्यको पालना गर्नु छ

शान्ति र सदभावको ज्योति गाउँ गाउँमा फैलाउनु छ
आज सिंगो देश बनाउने देशभक्तको खाँचो छ…..

दिपायल सिलगढी न.पा. २ दिपायल डोटी