बिहिबार, बैशाख १३, २०८१

फोहरका टाकुराहरु

  • काठमाडौं जेठ २७ ,
     वैरागी जेठा

सूर्यका किरणहरु
देखिन नपाउँदै
हामीहरु फोहरका टाकुराका दर्शन गर्छौँ
काला गोरा मान्छेहरु
उनीहरु जस्तै फुत्तफालेर भाग्छन्
अन्धकारझै देखिने गल्लीहरुमा

अझै हामीहरु
तिनीहरुलाई मान्छे भनिरहेका छौँ
हिलोका रसायनझैँ मात्तिएका संसकारहरु
यतिबेला शहर कब्जा गरिरहेछन्

दुर्गन्ध बनाएर बाटाहरु
टाई सुट लाएर भाषण गर्छन्
दुर्गन्ध लाई सुगन्ध बनाउने सपनाहरु
धरहराबाट फालहालिरहेछन्
नीतिका पैतलाहरु
मौन ,चुचाप छन्
उनीहरु कदम चाल्नै चाहन्न

खराब मान्छेहरु ,डम्मरु बजाइरहेछन्
लोकतन्त्र बोल्नुक्दैन
छ अति नै कठिन
भाषाहरु बुझाउन
सडकका प्वालहरु ,लज्जावतीझैँ रोइरहेछन्
मेरो दुई खुट्टे मोटर पनि
घोटिएको टायर जस्तै भइसक्यो
अस्थिर विचारहरु
पुलबाट फाल हालिरहेछन्

नयाँसडकको फोहोर झैँ कुहिएर थुप्रिएका विचार
भोको पेटमा आगो झोस्छ
कहिल्यैसुन्दैनन् पीडाका कथाहरु
कति दूर भइसके आदर्शहरु
उनीहरुले , फोहरका टाकुरा चिर्न सकेका छैनन्
म। हामी एउटा भर्याड.
हावा ,दुषित हावाले
घेरिएको छ , मल्लकालिन शहर ।