सोमवार, बैशाख १७, २०८१

कांग्रेसको घोषणापत्र तयारी समितिको संयोजकमा महामन्त्री शर्मा

काठमाडौ भाद्र २२ ,
नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ घोषणापत्र तयारी समितिको संयोजकत्वमा विश्वप्रकाश शर्मालाइ मनोनयन गरेको छ ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ घोषणापत्र तयारी समितिको संयोजकत्वमा आज पार्टीका महामन्त्री शर्मालाई मनोनयन गर्नुभएको पार्टी मुख्यालयले जनाएको छ ।

कांग्रेसले यसअघि स्थानीय तह निर्वाचनको घोषणापत्र तयारी समितिको संयोजकमा पार्टीका अर्का महामन्त्री गगन थापालाई जिम्मेवारी दिएको थियो ।