सोमवार, बैशाख १७, २०८१

आज थप दुई सय ३० जनामा कोभिड संक्रमण , दुईको मृत्यु

काठमाडौं भाद्र २२ ,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ भण्टामा दुई सय ३० जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ। मन्त्रालयले आज ३ हजार आठ सय ३६ नमुना परीक्षण गर्नेक्रममा एक हजार ९५६ जनाको पीसीआर परीक्षण गर्दा १२८ र एक हजार ८८० एन्टिजेन परीक्षण गर्दा १०२ जना गरि उल्लेखित सख्यामा संक्रमितको पहचिान भएको जानकारी दिएको हो ।

त्यस्तै मन्त्रालयले ७८ जना कोभिड मुक्त भइ डिस्चार्ज हुँदै गर्दा दुइजनाको निधन भएको जनाएको छ। साथै आज पहचिान भएक संक्रमित मध्ये काठमाडौँ उपत्यकाका मात्र ४९ जना रहेको जनाउँदै यसमध्ये काठमाडौमा ४२ ललितपुरमा ३ र भक्तपुरका ४ जना रहेको जानकारी दिएके छ । साथै सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ५ सय पाँच रहेको जानकारी दिदे पछिल्लो समय आइसियुमा ३२ र भेन्टिलेटरमा ३ जनाको उपचार भइरहेको जानकार िदिएको छ।